नियम २६
सेवा शुल्क निर्धारण समितिको गठन
नेपाल सरकारले विकास तथा संचालन गरेको वा नेपाल सरकारले विकास गरी उपभोक्ता संस्थालाई हस्तान्तरण गरेको परियोजनाबाट उपभोक्ताले सेवा उपभोग गरे बापत बुझाउनु पर्ने सेवा शुल्कको दर निर्धारण गर्न प्रत्येक जिल्लामा देहाय बमोजिमको सेवा शुल्क निर्धारण समितिको गठन हुनेछ ः–
(क) प्रमुख, सम्बन्धित सिंचाइ कार्यालय – अध्यक्ष
(ख) प्रतिनिधि, जिल्ला कृषि विकास कार्यालय – सदस्य
(ग) सम्बन्धित उपभोक्ता संस्थाको अध्यक्ष – सदस्य
(घ) जिल्ला सिंचाइ उपभोक्ता संघको प्रतिनिधि – सदस्य
(क) प्रमुख, सम्बन्धित सिंचाइ कार्यालय – अध्यक्ष
(ख) प्रतिनिधि, जिल्ला कृषि विकास कार्यालय – सदस्य
(ग) सम्बन्धित उपभोक्ता संस्थाको अध्यक्ष – सदस्य
(घ) जिल्ला सिंचाइ उपभोक्ता संघको प्रतिनिधि – सदस्य